
चितवन, १९ मंसिर । साहारा चितवन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि जारी छ । हिजो देखि थालिएको बयान आज पनि भइरहेको हो ।
सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भइरहेको छ । उनलाई हिजो बिहानै काठमाडौंबाट चितवन लगिएको थियो ।
चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।








प्रतिक्रिया