२२ असार २०८३, सोमबार

चितवनमा रविको पहिलो दिनको बयान सकियो, २६ वटा प्रश्न सोधियो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ मंसिर । सहरा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहिलो दिनको बयान सकिएको छ ।

उनको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । सरकारी वकिल कार्यालयले उनलाई सोध्नका लागि ६५ वटा प्रश्न तयार गरेको छ ।

जसमध्ये आज पहिलो दिन २६ वटाको मात्रै जवाफ लिन भ्याइएको हो । बाँकी बयान भोलि निरन्तर लिइनेछ ।

उनलाई आज बिहान काठमाडौंबाट चितवन लगिएको हो ।