१६ असार २०८३, मंगलबार

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छिन् । शेर्पाले २ हजार ८ सय ५ मत पाएकी हुन् ।

त्यस्तै माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत पाएकी छिन्। नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याएकी हुन् ।

सो गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाएको छ । त्यस्तै राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ । कूल ७ हजार ५ सय ९० मत खसेकोमा ७ हजार ४ सय ८० मत सदर भएको छ भने १ सय १० मत बदर भएको छ ।

२०७९ सालको निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।