१ श्रावण २०८३, शुक्रबार

एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।

अध्यक्ष ओली चीन प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई तोकिएको हो ।

एमालेको विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रधानमन्त्री ओली २० गते स्वदेश फर्कने कार्यतालिका छ ।