
काठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयरको प्रतिस्पर्धामा नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका डा. सुरेन्द्र मानन्दरले पछ्याइरहेका छन् ।
डंगोल र मानन्धरको मतान्तर ३६० रहेको छ । मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया