७ असार २०८३, आइतबार

च्याम्पियन्स लिग : १५ वर्षपछि रियल मड्रिडमाथि लिभरपुलको सानदार जित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २-० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २-० को जित निकाल्यो ।

एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले ५२ र कोडी गाक्पोले ७६औं मिनेटमा लिभरपुलका लागि गोल गरेका हुन् । यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जित हो । लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन ।