
काठमाडौं, १२ मंसिर । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३-० ले विजयी भएको हो ।
बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १-० को अग्रता दिलाएका थिए ।
त्यस्तै, ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
त्यस्तै, खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३-० को जित सुनिश्चित गरे ।








प्रतिक्रिया