
काठमाडौं, ११ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुने एसिसी यू–१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ ।
मंसिर १४ देखि युएईमा हुने एसिसी यू–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको जानकारी दिएको हो ।
टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन् ।








प्रतिक्रिया