
काठमाडौं, १० मंसिर । नेपाल क्रिकेट संघले यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को खेल हेर्न टिकटदर निर्धारण गरेको छ ।
क्यानले उद्घाटन खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकेको छ । यस्तै, लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको क्यानले बताएको हो ।
यसैगरी, प्लेअफका खेलका लागि सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइलनका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।
सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ । टिकट आज राति ८ बजेदेखि नै खुला गरिएको छ ।















प्रतिक्रिया