१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा एनपीएलको ट्रफी अनावरण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा परिसरमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन् ।

कार्यक्रममा प्रतियोगितामा सहभागी हुने आठ वटा टिमका मार्की खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ट्रफीको विशेषता बारे जानकारी दिँदै यसमा सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा प्रयोग गरिएको बताए । उनका अनुसार यो ट्रफीले विश्वलाई हिमाल संरक्षणको सन्देशसमेत दिनेछ ।

मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपीएलको पहिलो संस्करणमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टिमहरू सहभागी हुनेछन् ।