३० असार २०८३, मंगलबार

सुरु भयो एमालेको जागरण सभा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । राजनीतिक र सामाजिक अराजकता मच्चाउनेका विरुद्ध नागरिकलाई सचेत बाउन नेकपा एमालेको आज काठमाडौंमा आयोजना गरेको जागरण सभा भद्रकालीमा सुरु भएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार भद्रकालीबाट सुरु भएको र्‍याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको आयोजनामा सभा सुरु भएको हो ।

कार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाका काठमाडौं सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकको ठुलो सङ्ख्याका उपस्थिति रहेको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै निरौलाले जनतामा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए ।