४ असार २०८३, बिहिबार

छविलाल जोशीको बयान सकियो, पोखरा लगिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीको काठमाडौंमा बयान सकिएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको थियो ।

मंसिर ४गते काठमाडौं ल्याएर उनीसँग जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । उनको बयान सकिएसँगै आजै पोखरा फिर्ता लैजान लागिएको बताइएको छ ।

यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको छ । रवि हाल कास्की प्रहरीको हिरासतमा छन् ।