२९ असार २०८३, सोमबार

एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको  र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फे¥यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे ।

सभामा विभिन्न स्थानबाट र्‍याली आउनेक्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले दिउँसो १३ः३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।