१५ असार २०८३, सोमबार

एमालेको जागरण सभाको र्‍याली सुरु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरण सभाको र्‍याली सुरु भएको छ ।

भद्रकालीबाट सुरु भएको र्‍याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने कार्यक्रम छ । र्‍यालीको कमाण्ड जागरण सभाका कमाण्डर नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् ।

जागरण सभाको कामण्डरको जिम्मेवारी पाउनु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकोले सो जिम्मेवारी ढुङ्गेलले सम्हालेका हुन् । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ ।

आजको सभामा एक लाख बढीको उपस्थिति हुने एमालले आँकलन गरेको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको आयोजनामा सभा हुन लागेको हो ।

समाजमा फैलाइएको अराजकता, एमाले तथा सरकार माथि गरिएको भ्रामक प्रचार चिरेर उपत्यकावासीमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको छ ।