
काठमाडौं, ६ मंसिर । ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज कार्यालयबाटै पक्राउ गरेको हो । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंका गर्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।








प्रतिक्रिया