२ असार २०८३, मंगलबार

अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० ले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा अर्जेन्टिनाका लौटरो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यो जितसँगै लियोनल मेसीको टोलीले अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने आगामी विश्वकपमा सहभागिता पक्का गरेको हो ।

अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र  दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउने छन् ।