७ असार २०८३, आइतबार

विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ मंसिर । एनपीएल लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन् ।

जर्सीको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीतसमेत सार्वजनिक गरिएको छ ।

भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बेसडरसमेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गीत र्‍याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ ।

कार्यक्रममा टिमका मार्की खेलाडी सन्दीप लामिछाने सहभागी थिए ।