२८ असार २०८३, आइतबार

छविलाल जोशीलाई काठमाडौं ल्याइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट काठमाडौँ ल्याइएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई आज काठमाडौं ल्याइएको हो । उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न काठमाडौँ ल्याइएको हो।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। जीवी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि जीवी, छवि र रवि लामिछानेसहित २१ जनाविरूद्व अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

छविको बयान सकिएपछि रविलाई पनि बयानका लागि काठमाडौं ल्याइनेछ ।