२३ असार २०८३, मंगलबार

धनकुटामा कांग्रेस–एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ४ मंसिर । धनकुटामा नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ ।

श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो ।

संयन्त्रमा कांग्रेस र एमालेबाट तीन÷तीन जना सहभागि भएका छन् । संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव विजयसन्तोषी राई रहेका छन् ।

त्यस्तै, एमालेबाट केन्द्रिय सदस्य राईसँगै जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल संयन्त्रमा सहभागि भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

यसैबीच, संयन्त्रको पहिलो बैठकले जिल्लामा दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालनमा समझदारीपूर्ण वातावरण निर्माण गरेर काम गर्ने, महत्वपूर्ण विषयहरुमा साझा धारणा निर्माण गरेर अघि बढ्ने लगायत निर्णय भएको संयन्त्रका सदस्य एवं एमाले सचिव पर्शुराम नेपालले बताए ।