५ असार २०८३, शुक्रबार

संखुवासभामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, ३ मंसिर । संखुवासभामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको छ ।

प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार भीर मौरीको मह काढ्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको घट्नास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा एस्काभेटर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुरबिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कासुवा खोला जलविद्युत् आयोजनाका लागि बाटो खन्ने क्रममा एस्काभेटर दुर्घटनामा परेको हो ।