
मकवानपुर, ३ मंसिर । मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी चार जना नेताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस (बिपी)का जिल्ला सभापति रमेश ढकालसहित नेकपा (माओवादी केन्द्र)का नारायण ढकाल, नेकपा (एकीकृत समाजवादी)का सानुभाई विश्वकर्मा र विनोद रिजाल पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आज जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामालगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।










प्रतिक्रिया