१ असार २०८३, सोमबार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । सिद्धार्थ बैंक लिमिटेड क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजक बनेको छ ।

क्यानले कात्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्‍याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।

पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको बैंकले जनाएको छ ।

यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्‍याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।