२९ असार २०८३, सोमबार

पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधन भएको छ ।

उनको आज उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

कलेजोको समस्याबाट पीडित ढुंगाना लामो समयदेखि उपचाररत थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।