२९ जेष्ठ २०८३, शुक्रबार

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोखरेलको योगदान अतुलनीय : मुख्यमन्त्री आचार्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पोखरेल परिवारको निवास घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोखरेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोखरेलले खेलेको भूमिका र पुर्‍याएको योगदानलाइ पार्टी पंक्तिले सधै सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् ।

‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्‍याउन उहाँले खेलेको भूमिका सधै स्मरणीय रहनेछ ।’ उनले भनेका छन्, ‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेको छ ।’

एमाले महासचिव शंकर पोखरेलका दाजु देविप्रसाद पोखरेलको गत कात्तिक २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।