२३ असार २०८३, मंगलबार

बाढीपीडितलाई सघाउँदै रोशी गाउँपालिका

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, २ मंसिर । रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा दुई करोड ८० लाख रुपैयाँ विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो ।

यसैगरी, दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो । बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो ।