
पाल्पा, २ मंसिर । पाल्पाको रामपुरमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ ।
रामपुर नगरपालिका-३, बगाहाकी ६५ वर्षीय सुकमाया गिरी सारू शनिबार साँझ अचेत अवस्थामा फेला परेकी थिइन् ।
बगाहाबाट सीता कुण्ड जाने कच्ची सडक खण्डको पश्चिम पट्टी नालीमा फेला परेकी उनलाई उपचारको लागि रामपुर अस्पताल पठाइएको थियो ।
चिकित्सकले चेकजाँच पश्चात् मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया