
काठमाडौं, ३० कार्तिक । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
निगमले आज रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य वृद्विसँगै काठमाडौं र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ ।
पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।








प्रतिक्रिया