२८ असार २०८३, आइतबार

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कार्तिक । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको हो ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए ।

स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ ।

उनले भने, ‘स्टार स्पोट्र्समा देखाउन पाउनु नै ठूलो कुरा हो । त्यसमा स्लट लिनै गाह्रो थियो । अहिलेको लागि हामीले केही पैसा तिर्नुपर्ने हुन्छ । हामीले नेपाली क्रिकेटलाई विश्वमाझ देखाउन चाहन्छौं । स्टार स्पोर्ट्समा म्याचन देखाइकन संसारका ठूला खेलाडीलाई ल्याउन सक्दैनौं ।’