१४ असार २०८३, आइतबार

इंग्ल्याण्डका रवि बोपारा चितवन राइनोजमा अनुबन्ध

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । चितवन राइनोजले इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी रवि बोपारालाई अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजमा बोपारा अनुबन्धित भएका हुन् ।

दायाँ हाते ब्याट्सम्यान बोपाराले टी-२० ब्लास्ट र सयको मिलाइमा ५ हजारभन्दा बढी रन बनाएका छन् ।

त्यस्तै, उनले बंगलादेश प्रिमियर लिगमा ११०९ रन, पाकिस्तान सुपर लिगमा ७७५ रन र इन्डियन प्रिमियर लिगमा ५३१ रन बनाएर छन् जसले टी-२० क्रिकेटमा आफ्नो विरासतलाई प्रमाणित गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।