४ असार २०८३, बिहिबार

रविलाई आज भैरहवामै राखियो, भोलि बिहानै पोखरा पठाइने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ कार्तिक । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा मै राखिने भएको छ ।

आज पोखरा पठाउन नभ्याइएकाले भैरहवामै राखिएको प्रहरीले जानकारी दिएको छ । आज साँझ लामिछानेको बयान सकिएको थियो । मंगलबारदेखि सुरू भएको बयान आज बल्ल सकिएको हो ।

लामिछानेलाई अब भोलि बिहानै पोखरा पठाइनेछ । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा बयानमा लामिछानेले इन्कारी बयान दिएका बताइएको छ । उनलाई ७० वटा प्रश्न सोधिएको थियो ।