२७ असार २०८३, शनिबार

साफ महिला फुटबल खेलाडी अमिसा र सवितालाई गृहजिल्लामा भव्य सम्मान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, २९ कात्तिक । नेकपा (एमाले) जिल्ला कमिटी उदयपुरले राष्ट्रिय साफ महिला फुटबल प्रतियोगितामा सहभागी उदयपुरका दुई खेलाडीहरुलाई सम्मान गरेको छ । उनीहरुलाई एमाले उदयपुरले नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।

साफ महिला फुटबल खेलाडीहरु अमिसा कार्की र सविता थापा मगरलाई बाजागाजासहित सदरमुकाम गाईघाट बजार परिक्रमासहित अभिन्दन र सम्मान गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए ।

उदयपुर गृहजिल्ला भएका खेलाडीहरु अमिसा कार्की त्रियुगा नगरपालिका-५, सविता थापा मगर रौतामाई गाउँपालिका-५ र हिरा भुजेल कटारी नगरपालिका-५ का स्थायी बासिन्दा भएका खेलाडीहरु हुन । हिरा भुजेल खेलको क्रममा घाइते भई अस्पतालमा उपचाररत रहेकाले सम्मान कार्यक्रममा अनुपस्थित भइन् ।

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी र संविधान सभा सदस्य मन्जुकुमारी चौधरीले राष्टिय झण्डा ओढाएर खेलाडीहरुलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै खेलाडीहरुले गृहजिल्लाले गरेको सम्मानले आफूहरु उत्साहित भएको र आगामी दिनहरुमा अझ उत्कृष्टताका साथ खेल खेलेर जिल्लाको नाम उचो राख्ने प्रतिक्रिया दिएका थिए ।

उदयपुरको गहनाको रुपमा रहेका खेलाडीहरु जीवनयापन गर्न समस्या भएकाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवश्यक नीति बनाउनु पर्ने कार्यक्रमका वक्ताहरुले जोड थिएका थिए ।

सम्मान कार्यक्रममा जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रंन्जन कार्की, नेपाल खेलकुद महासंघका अध्यक्ष सागर नेपाल, एमाले उदयपुरका अध्यक्ष भागवत राउतले कविता वाचन गरेर खेलाडीको सम्मान गरेका थिए । खेलाडीहरुको सम्मानमा राई जातिको साकेला नाच र मगर जातिको हुर्रा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।