
काठमाडौं, २९ कार्तिक । भोलि बंगलादेशमा ४० मेगावट विद्युत निर्यात हुने भएको छ ।
असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो । योसँगै कात्तिक ३० गते ९भोलि० एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ ।
शुक्रबार मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्याइने भएको हो। असोज १७ गते काठमाडौंमा त्रिपक्षीय सम्झौता भए पनि भारतले स्वीकृति नदिँदा यसअघि निर्यात सुरु हुनसकेको थिएन। प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ।
मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बिजुली बंगलादेश पुग्नेछ। विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।
नेपालले बंगलादेशलाई ६।४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ।








प्रतिक्रिया