
धनकुटा, २९ कार्तिक । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका राईले चौबिसे गाउँपालिकाका ६, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् ।
अपाङ्गता भएका सहिदभुमि–२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयोग गरेका छन् ।
उनले चौबिसेकी कान्छीमाया लिम्बू, देविमाया राई, मिकमायाँ माझी, शान्तकुमारी लिम्बू, कृष्णकुमारी राई, सम्झना विश्वकर्मा, धनकुटा नगरका ज्यूबहादुर राई तथा पाख्रीवासका पर्शुराम शर्मा र लक्ष्मीमायाँ थापालाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले धनकुटा इन्चार्जसमेत रहेका सांसद राईले अपाङ्गता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न सजिलोका लागि ह्वीलचियर प्रदान गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
उनका अनुसार सांसद राईले पाख्रीवास–७ स्थित प्रगति सेवा समाजलाई पनि सहयोग गरेका छन् । राज्यमार्फत आफूले पाउने पारिश्रमिकबाट सांसद राईले सो समाजको भवन निर्माणका लागि जग्गा खरिद गर्न एक लाख नगद प्रदान गरेका हुन् ।









प्रतिक्रिया