६ असार २०८३, शनिबार

रास्वपाका नेताविरुद्ध मुद्दा दर्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्व अदालतमा मुद्वा दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेका पक्षमा अदालतको निर्णयविरूद्व आन्दोलन गरेको भन्दै अदालतको अवहेलना मुद्वा दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।

रास्वपाका उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा। तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायत विरूद्व मुद्वा दायर भएको हो ।

मंसीर ३ गते सो मुद्दाको पेशी तोकिएको छ ।