२८ असार २०८३, आइतबार

अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्धित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् ।

आलमले सामाजिक सञ्जालमार्फत आफू एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् ।

विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् ।

यस्तै, आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।