
बुटवल, २७ कार्तिक । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।
रूपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान भइरहेको हो । सरकारी वकिलको कार्यालयभित्र रविको बयान चलिरहँदा बाहिर भने सहकारी पीडितले प्रदर्शन गरिरहेका छन् ।
बचतकर्ताको रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर पीडितले आन्दोलन गरिरहेका हुन् ।









प्रतिक्रिया