
बुटवल, २७ कार्तिक । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको छानबिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ ।
पोखराबाट बुद्व एयरको जहाजमा उनलाई भैरहवा पुर्याइएको हो । उनलाई कडा सुरक्षाकाबीच विमानस्थलबाट निकालिएको छ । विमानस्थल बाहिर रास्वपाका कार्यकर्ता र समर्थकले नाराबाजी समेत गरेका थिए ।
उनलाई आजै सरकारी वकिलको कार्यालयमा पुर्याएर बयान लिइने छ ।







प्रतिक्रिया