१९ असार २०८३, शुक्रबार

यू-१९ महिला टी-२० विश्वकप क्रिकेट छनोटमा आज नेपाल र कुवेत भिड्दै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ ।

दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल बिहान ११ः १५ बजेदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो ।

त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

छनोट प्रतियोगिता नेपाल, कुवेत र आयोजक यूएई र थाइल्याण्ड सहभागि छन् ।