२५ जेष्ठ २०८३, सोमबार

सरकारद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सोमबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

सोही क्रममा उनले विद्युत काट्दै गर्दा राजस्व, उत्पादन, बजार भाउमा फरक पर्ने र रोजगारीमा समस्या आउने भन्दै क्याबिनेटले लाइन काट्न नहुने निर्णय गरेको बताए ।

यस्तै, उनले सरकारले योजिम्मेवारी गम्भिरताका साथ पूरा गर्ने भन्दै क्याबिनेटको निर्णयलाई कार्यान्वयन गर्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘समस्याको समाधान गर्ने हो विद्युत काट्दै गर्दा राजस्व, उत्पादन, बजार भाउमा फरक पर्ने र रोजगारीमा समस्या आउने भएको हुनाले यस्तो गर्नु हुदैँन भन्ने कुरा मैले पहिलादेखि नै भन्दै आएको र क्याबिनेट, बोर्ड, मन्त्रालय भनेको यो दायित्वभित्र कै कुरा हुन्, सरकारले यसको जिम्मेवारी लिएर र यसको गम्भिरतालाई हेरेर नै यो परिपत्र गरेको र क्याबिनेटबाट निर्णय भएको हो । बिलदेउ पैसा लिनमा धेरै समय लगाउनु हुदैँन र लाइनपनि नकाटौ भन्ने क्याबिनेटको स्पष्ट निर्णय हो र यहीअनुसार कार्यान्वयन हुन्छ ।’