२७ असार २०८३, शनिबार

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अजरबैजान, २६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो ।

भेटमा उनीहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो । “जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ”, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए । आजबाट सुरु भएको कोप–२९ सममेलनमा  भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै अजरबैजानको राजधानी बाकु पुगेका हुन् ।