२५ असार २०८३, बिहिबार

एमाले–काँग्रेसद्वारा बागमतीमा पनि संयन्त्र विस्तार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । नेकपा (एमाले) र नेपाली काँग्रेसले बागमती प्रदेशमा पनि संयन्त्र विस्तार गरेका छन् ।

प्रभावकारी सरकार सञ्चालनमा सहयोग गर्ने उदेश्यले एमाले र काँग्रेसले यसअघि केन्द्रमा संयन्त्र गठन गरेका थिए । संयन्त्रलाई विस्तार गर्दै बागमतीमा पनि गठन गरिएको हो ।

संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति इन्द्र बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश उपसभापति चन्द्र महर्जन रहेका छन् भने एमालेबाट एमाले प्रदेश इन्चार्ज डा. राजन भट्टराई र प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल रहेका छन् ।

आज बसेको बागमती प्रदेशस्तरीय संयन्त्रको बैठकले ६ बुँदे निर्णय समेत गरेको छ । निर्णयअनुसार २०८१ मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने र अर्को महिना एमालेका राजन भट्टराईले गर्ने तय भएको हो ।

संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एक/एक जना रहने निर्णय पनि भएको छ भने संयन्त्रको बैठक महिनामा कम्तिमा एक पटक अनिवार्य बस्ने निर्णय भएको छ ।

यस्तै संयन्त्रको पहिलो बैठकले बागमती सरकारका मन्त्रीहरूको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते हेटौंडामा बसी प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमबारे जानकारी लिने निर्णय पनि गरेको छ ।