
खोटाङ, २५ कात्तिक । नेकपा (एमाले) खोटाङको संगठन विभागले दिक्तेलमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू खगेन्द्र राई, उषाकला राईलगायत प्रदेश कमिटी तथा खोटाङका नेताहरूको उपस्थिति रहेको थियो ।
पालिका कमिटीका पदाधिकारी र वडा कमिटीका अध्यक्षहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा वीरेन्द्र मगरले मोबाइल एप्समा सदस्यता अद्यावधिक, देवविक्रम राईले महत्त्वपूर्ण पार्टी कामहरू, खगेन्द्र राईले कम्युनिष्ट आचरण र शैली तथा विशाल भट्टराईले संगठन निर्माण र परिचालन एवं समसामयिक राजनीतिक परिस्थिति र सरकारका कामबारे प्रशिक्षण दिएका थिए ।

विभागका सचिव विष्णु उपकोटीले सञ्चालन गरेको कार्यक्रम विभाग प्रमुख सुरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न भएको पार्टीका जिल्ला प्रचार प्रमुख खेमराज राईले जानकारी दिए ।












प्रतिक्रिया