
काठमाडौं, २५ कात्तिक । नेकपा (एमाले)को राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको नवौं राष्ट्रिय अधिवेशन आगामी चैतमा काठमाडौंमा गर्ने निर्णय भएको छ ।
शनिबार महासंघ केन्द्रीय कार्यालयको हलमा बसेको सातौं केन्द्रीय कमिटी बैठकले अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षता र महासचिव अशोक राई रहेको १५१ सदस्यीय नवौं सम्मेलन आयोजक समितिको गठन गरेको महासंघ अध्यक्ष अधिकारीले जानकारी दिए ।
आगामी चैत १९, २० र २१ गते काठमाडौंमा हुने महाधिवेशनको तयारीका लागि १३ वटा उपसमितिहरू पनि गठन गरिएको अध्यक्ष अधिकारीले बताए ।
बैठकमा प्रमुख अतिथि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र इन्चार्ज हेमराज राईले सम्बोधन गर्दै महासंघका गतिविधिहरूका बारेमा महत्वपूर्ण निर्देशन दिएका थिए ।
यसैगरी, बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने महत्वपूर्ण निर्णय पनि गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।













प्रतिक्रिया