
काठमाडौं, २४ कात्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो ज्यान खतरामा रहेको दाबी गरेका छन् ।
उनले आफूले देशका दलाल, भ्रष्ट नेता र विभिन्न तस्करहरुको पर्दाफास गर्दै आएकाले आफूलाई मार्ने षड्यन्त्र भइरहेको दाबी गरेका हुन् ।
‘मैले यो देशका दलाल, भ्रष्ट तस्कर नेता, नेपाली र भारतिय नक्कली नोटको कारोबारी, सुपारीदेखि सुनसम्मको तस्कर मारवाडीहरुको पर्दाफास गर्दै आम नेपाली गरिव, सर्वहारा, भुईंमान्छे, मध्यम वर्गीय नेपाली व्यापारीको आवाज बोलेकाले आफ्नो थप ठगीकर्म सार्वजनिक हुने डरले मलाई मार्न खोज्दैछन् । त्यसका लागि शेयर मार्केटको दलाल विराटनगर निवासी दिपेन्द्र अग्रवाल, नेपाल बैंकर एशोसियसनका पूर्वअध्यक्ष पवन गोल्यान, विशाल ग्रुपका अनुज अग्रवाललगायतले भारतीय नामुद सार्प सुटर पप्पु यादव समूहलाई सुपारी दिएको जानकारी मलाई भरपर्दो स्रोतबाट आएको छ ।’ प्रसाईंले फेसबुकमा स्टाटस लेखेका छन् ।
उनले नेपाल प्रहरी, सेना, नागरिक समाज र मानवअधिकारकर्मीहरूलाई यसबारे जानकारी गराउँदै आफूलाई केही भएमा माथि उल्लेखित व्यक्तिहरू जिम्मेवार हुने बताएका छन् ।













प्रतिक्रिया