११ असार २०८३, बिहिबार

एमाले महासचिव पोखरेललाई भ्रातृशोक

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ ।

महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो ।

एमालेका केन्द्रीय सल्लाहकारसमेत रहेका स्व. पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ ।

उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएका छन् ।