
काठमाडौं, २४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।








प्रतिक्रिया