
थाहा, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज वाईसिएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटनका लागि आज यहाँ आउँदै छन् ।
प्रचण्डले पालुङस्थित इन्द्रायणी चौरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने छन् ।
प्रचण्ड बिहान ९ बजे चन्द्रागिरीको बाटो हुँदै चित्लाङ आइपुग्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद लामाका अनुसार चित्लाङदेखि पालुङसम्म ५ सय मोटरसाइकलको स्कर्टिङमा प्रचण्डलाई कार्यक्रम स्थल पुर्याइनेछ ।
प्रचण्डले बज्रबाराहीमा बिहानको खाना खाने कार्यक्रम रहेको छ ।
यात्राको क्रममा थाहा नगरका वडा समितिहरूले प्रचण्डको स्वागत गर्ने छन् भने बज्रबाराहीमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ । साथै, कुन्छालमा शहीद परिवारसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
कार्यक्रममा पार्टी उपाध्यक्ष अग्नि सापकोटा, वाईसिएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीलगायत पार्टीका केन्द्रीय नेताहरुको पनि उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाका सदस्यहरूलाई सम्मान गरिने बताइएको छ ।








प्रतिक्रिया