
गुल्मी, २३ कार्तिक । नेकपा (एमाले) रेसुंगा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो । जसअन्तर्गत उपाध्यक्षमा देवीराज खनाल निर्वाचित भएका छन् भने सचिवमा देवीराम पाण्डे, सहसचिवमा टोपबहादुर थापा र महिला सहसचिवमा मिठु बोहरा निर्वाचित भएका हुन् ।
यस्तै अधिवेशनले मणिरत्न भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय लेखा समिति सर्वसम्मतले चयन पनि गरेको छ ।








प्रतिक्रिया