१ असार २०८३, सोमबार

दैलेख–सुर्खेत सिमानामा दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ कार्तिक । दैलेख र सुर्खेतको सिमाना वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ग्लामा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा चारजनाको मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परी २५ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।