
काठमाडौं, २३ कार्तिक । सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ ।
आज बसेको संसदीय सुनुवाई समितिको बैठकबाट उनीहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको हो । सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीसहरूले सांसदहरूले सोधेका विभिन्न प्रश्नका उत्तर दिएका थिए ।
गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी परेका थिए भने पाण्डेविरुद्ध कुनै उजुरी परेको थिएन।








प्रतिक्रिया